• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा तरुण दलको बिरोध प्रदर्शन,सरकार भ्रष्टचार र कुशासन तर्फ उन्मुख भएको आरोप (फोटो फिचर सहित)

"तरुणदलको पोखरामा शक्ति प्रदर्शन "
  •      /११ माघ २०७५, शुक्रबार १३:०५ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । नेपाल तरुण दलले पोखरामा सरकारको विरोध गर्दै विशाल जुलुस निकालेको छ ।नेपाल तरुण दल केन्द्रिय कार्य समितिको आयोजनामा देशका सातवटै प्रदेशमा सरकारका विरुद्ध विरोध प्रदर्शन गर्ने घोषित कार्यक्रम अनुसार शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरामा जुलुस सहितको ¥याली प्रदर्शन गरिएको हो।

     

    पोखराको चिप्लेढुंगाबाट सुरु भएको ¥याली न्यूरोड हुँदै पृथ्वी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।कोण सभामा तरुण दलका केन्द्रिय अध्यक्ष जीतजंग बस्नेतले सरकारले मुलुकमा नीतिगत भ्रष्टाचार र कर आतंक बढाएको आरोप लगाएका छन्। उनले सरकारको कार्यशैली प्रति असन्तुष्टि जनाउदै सरकार ज्यादती र दम्भको बाटोमा हिँडेको आरोप लगाए ।

    ‘निर्मला पन्तको बलत्कार भएको यतिका समय वितिसक्यो,’ बस्नेतले भने, ‘यदि निर्मलाको ठाउँमा गृहमन्त्री बादलको छोरी, प्रचण्डको छोरी भएको भए आज के हुन्थ्यो ?

     

     

    बस्नेतले निर्मला पन्तको बलत्कार भएको दिन गृहमन्त्री रामबहादुर थापा (बादल) का छोरा कन्चनपुरमै भएको बताउदै सरकारको निर्मला पन्तको वास्तविकता पत्ता नलगाउदा थुप्रै आशंका उब्जाएको बताए।

    त्यस्तै तरुण दलले चिसित्सा विधेयक पारित गरेकोमा पनि आपत्ति जनाएको छ । उसले सरकारले गोविन्द केसीका जायज माग र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले लिएको अडानका विरुद्ध संसदबाट जवरजस्त शिक्षा बिधेक पारीत गरेकोमा समेत आपत्ति जनाएको छ।

     

     

    तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारबाट घचेट्ने बेला आएको बताए । सरकारलाई जति गालि गरेपनि कमै हुने उल्लेख गर्दै सिंहदरबाटै निकाल्नुपर्ने उनको भनाई थियो ।

    गण्डकी प्रदेशका विभिन्न जिल्लाका तरुण नेताहरुले वर्तमान सरकारले देशको विकास गर्न नसक्ने बताए । कांग्रेस सरकारले गरेका निर्णयहरु उल्ट्याएको भन्दै उनिहरुले आक्रोश पोखेका थिए ।

    तरुण दलको अगुवाईमा सरकार विरुद्ध गरिएको प्रदर्शनमा गण्डकी प्रदेशका विभन्न जिल्लाका पार्टीका पदाधिकारी, कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि, भातृ संस्थाका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो।

    सहभागिले ‘भ्रष्टचारीलाई कारवाही गर, निर्मला पन्तको बलात्कारीलाई कारवाही गर, वाइडबडी घोटला सार्वजनिक गर’ जस्ता नारा लगाएका थिए।प्रदर्शनका कारण विपिचोक देखि सभागृहचोक, पृथ्वीचोक, नयाँबजार लगायका स्थानहरुको ट्राफिक ब्यवस्थापन अस्तव्यस्त बनेको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.