• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

अनेरास्ववियुका महासचिव महरले गगनलाई मुठभेडका लागि त्रिचन्द्र आउन दिए निम्तो

"‘नानीदेखिको बानी नै हो मुठभेड रुचाउने, हिम्मत भए त्रिचन्द्र आउनुहाेस् ! "
  •      /१२ माघ २०७५, शनिबार ०४:२० ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    काठमाडाैं । अनेरास्ववियुका महासचिव ऐन महरले नेपाली काँग्रेसका युवा नेता गगन थापालाई मुठभेड गर्नका लागि त्रिचन्द्र कलेजमा आउन निम्तो दिएका छन् ।शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत गगन थापालाई मुठभेडका लागि त्रिचन्द्र कलेजमा आउन चुनौती दिएका हुन् ।

    महरले फेसबुकमा लेखेका छन्, ‘माननीय गगन थापालाई अनुरोध गर्न चाहन्छु- संसद मुठभेड गर्ने थलो होइन । तपार्इको नानीदेखिको बानी नै हो मुठभेड रुचाउने । तपाईँलाई अहिले पनि मुठभेड गर्ने चाहना छ र हिम्मत छ भने त्रिचन्द्र क्याम्पसमा स्वागत छ । अनेरास्ववियुका कार्यकर्ता र त्रिचन्द्र क्याम्पसका विद्यार्थी तपाइलाई स्वागत गर्न आतुर छन्, २०५५ सालमा तपाईँ स्ववियु सभापति भएको क्याम्पसमै ।’

    उनले त्रिचन्द्र कलेजको पार्क निर्माणमा भएको बेरुजु फस्र्योट गर्नसमेत नेता थापालाई अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘आजभन्दा १८ वर्ष अगाडिको त्यो गार्डेन जम्मा ११ लाखमा सम्पन्न भएको थियो । र, डलर भाउ ७५ नेपाली थियो । बाँकी ६४ लाख तपाईसँग अशुल्नु पर्ने नै छ । क्याम्पसको बेरुजुको पनि फस्र्योट गर्नुहोला ।’

    साथै उनले त्रिचन्द्र क्याम्पसका पूर्व स्ववियु सभापति, नेवि सङ्घका पूर्व महामन्त्री थापा लोकतन्त्रको गीत गाएर नथाक्ने बताए । उनले भनेका छन्, ‘त्रिचन्द्र क्याम्पसका पूर्व स्ववियु सभापति, नेवि सङ्घका पूर्व महामन्त्री माननीय गगन थापाले जो लोकतन्त्रको गीत गाएर थाक्दैनन् संसद्मा मुठभेड गर्ने दादागिरी चलाउने भन्नू भएछ ।’sorce news24

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.