नेपाल बिद्यार्थी संघद्धारा पोखरामा प्रधानमन्त्री ओलिको पुत्ला दहन
"चिकित्सा विधेयक पारित गरेको, भ्रष्टाचारी र बलात्कारलाई संरक्षण गरेको आरोप "
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संम्वाददाता
पोखरा । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्ध पोखरामा प्रदर्शन गरेको छ । नेविसंघले शुक्रवार पोखरा महानगरपालिकाको कार्यलय न्यूरोडमा नजिक प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो ।
सरकारले जबर्जस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको, भ्रष्टाचारी र बलात्कारलाई संरक्षण गरेको आरोप लगाउँदै नेविसंघले प्रदर्शनसहित प्रधानमन्त्री ओलीको पुत्लादहन गरेको थियो ।
पुत्ला दहन पछि नेबिसंघ कास्कीका निबर्तमान सभापति बिकास थापा, नेता परशुराम बस्नेत, पुर्व केन्द्रिय सदस्य सरोज केसी लगायतले सरकारको कार्यशैली प्रति विरोध जनाउदै सरकारले दुइतिहाइको नाममा दम्भ देखाए आन्दोलन चर्काउने चेतावनी दिए ।
Related