• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

एपिएफलाई महिला र आर्मीलाई पुरुष भलिवलको उपाधि

  •      /१५ पुष २०७४, शनिबार १२:५२ ,  प्रकाशीत
  • पोखरा । राष्ट्रिय खेलकुद परिषद च्याम्पीयनसीप अन्तर्गत पोखरामा सम्पन्न २१ औं महिला तथा पुरुष राष्ट्रिय भलिवल प्रतियोगिताको महिला तर्फको उपाधि सशस्त्र प्रहरी वलको (एपिएफ)ले हातपारेको छ भने पुरुषको उपाधि नेपाल आर्मीले जितेको छ ।
    पोखरा रंगशालामा भएको फाइनल प्रतिस्पधामा(एपिएफ)ले मध्यमाञ्चललाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । उपाधि सहित एपिएफले नगद ५० हजार रुपैयाँ, ट्रफि जित्दा मध्यमाञ्चलले नगद ३० हजारमा चित्त बुझाएको छ।
    शनिबार भएको फाइनल खेलमा (एपिएफ)ले रमिला तण्डुकार, प्रतिभा मालीसहितका न्यू डायमण्ड एकेडेमीका खेलाडीहरुको टिम सेट रहेको मध्यमाञ्चललाई २५–१८, २५–१४ र २५–१० को सेटमा पराजित गरेका छ। रमिला र प्रतिभाले पोखरामा भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । करीब डेढ वर्षको अमेरिकी बसाईपछि नेपाल फर्केकी रमिला खेलमा जम्न सक्नु भएन् भने प्रतिभा माली पनि विरामी भएकाले खेल कौशल प्रदर्शन गर्न सकेन्।
    प्रतियोगिता अन्तर्गत पुरुष भलिवल प्रतियोगिताको उपाधि नेपाल आर्मीले जितेको छ आर्मीले सशस्त्र प्रहरी वलको एपिएफ क्लवलाई २५–१२, २५–२३ र २५–१५ को सोझो सेटले हराउदै उपाधि जितेको हो । त्यस्तै उपाधि सहित आर्र्माीले नगद ५० हजार रुपैयाँ ट्रफि जित्दा उपविजेता एपिएफले ३० हजार रुपैयाँ प्राप्त गरेको छ।
    प्रतियोगितामा महिलातर्फ नेपाल प्रहरी र पुरुषतर्फ आयोजक पश्चिमाञ्चल तेश्रो भएका छन् । विहान भएको खेलमा महिलातर्फ नेपाल प्रहरीले आयोजक पश्चिमाञ्चललाई सोझो सेटमा र पुरुषतर्फको खेलमा आयोजक पश्चिमाञ्चलले नेपाल प्रहरीलाई ३÷२ को सेटमा पराजित गर्दै तेश्रो स्थान सुरक्षित गरेका हुन् ।
    शनिबार विहानै भएको खेलमा महिलातर्फ नेपाल प्रहरीले पश्चिमाञ्चलाई २५–१५, २५–२१ र २५–२१ को सेटमा पराजित गरेको थियो । पुरुषतर्फ आयोजक पश्चिमाञ्चलले नेपाल प्रहरीलाई २५–२२, २०–२५, २१–२५, २५–१६ र १८–१६ को संघर्षपूर्ण जित हातपारेको छ।
    तेश्रो स्थान प्राप्त गरेका पश्चिमाञ्चल र र पुलिसले नगद २० हजार रुपैयाँ प्राप्त गरे । यसैवीच पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पश्चिमाञ्चलको टिमलाई नगद ५० हजार रुपैयाँ हौसला स्वरुप प्रदान गरेको छ । प्रतियोगितामा पुरुष तर्फ नेपाल आर्मीका मानबहादुर श्रेष्ठ र महिला तर्फ एपिएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी बन्दै नगद १५ हजार रुपैयाँ पुरस्कार हात पारे।
    विजेता टिम र खेलाडीलाई युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी लगायतले पुरस्कार विरतण गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
    पोखरा कप पुरूष राष्ट्रिय ह्याण्डबलमा ७ टिम भिड्दै
    ओपन टेनिसमा आरव र सुनिरा च्याम्पियन

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.