शुभेच्छा न्यूज संम्वाददाता
दुलेगौँडा । पृथ्वीराज मार्ग अन्र्तगत तनहुँको खैरेनीटारमा शनिबार दिउँसो शिला शालिग्राम यातायात प्रा.लिको बोलेरो गाडी दुर्घट्ना हुदाँ चार जना घाइते भएका छन् ।
काठमाण्डौँबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ७०३२ नं को बोलेरो दुर्घट्नामा परी हुदाँ स्याँङ्जा कालीगण्डकीका ७० बर्षिय चिरञ्जीवी पाण्डे गम्भिर घाइते भएका छन् भने अन्य तीन जना सामान्य घाइते भएका छन् । पाण्डेको निधारमा चोट लागेको प्रहरीले बताएको छ । घाइतेहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।
घाइतेहरु खतरामुक्त रहेको र अन्य तीन घाइतेलाई शनिबार बेलुका नै डिस्चार्ज गरिएको अस्पताललाई उदृत गर्दै इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ । विपरीत दिशाबाट गएको स्कुटरलाई बचाउन खोज्दा गाडी अनियन्त्रित भई तीन बल्ड्याङ खाएर नालामा परेको थियो ।

Related