• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

कास्की काँग्रसद्धारा पोखरामा पक्राउ गरिएका बिद्यार्थी नेताहरुको रिहाइको माग

"राजनीति उन्माद अझै बाँकीछ,सरकारी सम्पत्तीमाा आगनी अनि बिनासर्त रिहा ? "
  •      /२० माघ २०७५, आईतवार १४:०९ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिका शिक्षा शाखाको जीपमा आगजनी गरेको आरोपमा शनिवार पोखरामा पक्राउ गरिएका नेपाल बिद्यार्थी संघका विद्यार्थी नेताहरुलाई तत्काल रिहाई गर्न माग गरेको छ ।

    प्रशासनद्धारा प्रदर्शनमा उत्रीएका विद्यार्थीलाई गिरफ्तार गरिएको घटनाको घोर भत्सर्ना गर्दै तत्काल ससम्मान रिहाई गर्न माग गरेको हो ।कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा विद्यार्थी नेताहरुलाई रिहाई नगरे कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिइएको छ ।

    नेविसंघको केन्द्रीय कार्यक्रम अन्तर्गत सार्वजनीक विदाको दिन गाडी चलाएको आरोपमा बिद्यार्थीहरुले पोखरा महानगरपालिको शिक्षा शाखाले प्रयोग गर्दै आएको बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानमा पेट्रोल छर्केर आगजनि गरेको आरोपमा विद्यार्थी नेताहरु लक्ष्मीप्रसाद पौडेल, परशुराम बस्नेत, राजेन्द्र बराल, डिफान भुजेल र विनय पौडेललाई पक्राउ गरिएको थियो ।

    यसैगरी नेपाली काँग्रेस कास्कीले माघ २१ गते सोमबार पोखरामा गर्ने विरोध प्रदर्शनको तयारीमा पूरा भएको जनाएकोछ ।पोखराको पृथ्वीचोकबाट शुरु हुने प्रदर्शन न्यूरोड, चिप्लेढुङगा हुदै महेन्द्रपुलमा पुगेर कोणसभामा परिणत हुने कास्की काँग्रेसका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

    उनले सरकारलाई खबरदारी गर्नका लागि प्रदर्शनमा सहभागि हुन आग्रह गरेका छन् । कोणसभालाई काँग्रेस नेता गगन थापाले सम्वोधन गर्ने छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.