• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वत काँग्रेसले निकाल्यो र्याली,काँग्रेसलाई कमजोर नठान्न काँग्रेस नेता बलायरको चेतावनी

"पार्टीमा चर्केको अन्तरद्धन्दबाट चुनाब हार्ने हरुवाहरुको घुर्की "
  •      /२१ माघ २०७५, सोमबार १३:०४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता 
    पर्वत– नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बीरबहादुर बलायरले प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसलाई कमजोर नठान्न चेतावनी दिनुभएको छ ।

    नेपाली काँग्रेस पर्वतले आयोजना गरेको बिरोध प्रदर्शन कार्यक्रमलाई सम्वोधन गर्दै नेता बलायरले दुई तिहाईको दम्भ देखाएर प्रतिपक्षिलाई पेल्दै जाने हो भने मुलुक ठूलो दुर्घटनामा पर्ने बताउनुभयो । उहाँले महङ्गी बढाउन, मुलुकलाई भ्रष्टाचारमा डुवाउने अधिकार सरकारलाई नभएको बताउँदै जनपक्षिय काम गर्न आग्रह गर्नुभयो ।

    बलायरले नेपाली काँग््रोसले थालेको आन्दोलन सरकारको बिकल्पमा नभई सरकारका अराजक क्रियाकलाप प्रति भएको बताउँदै सरकारले यसरीनै जनविरोधी काम गर्दै गए सडकबाटै जनताले ढलाउने दावी गर्नुभयो ।

    उहाँले प्रतिपक्षिलाई पेलेरै जाने सरकारको निति अराजक भएको बताउँदै प्रतिपक्षिका मागलाई पनि सम्वोधन गर्दै जान आग्रह गर्नुभयो । उहाँले संवैधानिक आयोगका अध्यक्षहरुको नियुक्ती नियम मिचेर गरिएकोले त्यसलाई तत्काल सच्याउन पनि आग्रह गर्नुभएको छ ।

    अर्कोतर्फ चिकित्सा शिक्षा विधेयकमा डाक्टर गोविन्द केसीका मागलाई समट्न समेत आग्रह गर्दै जवसम्म सरकार सहि मार्गमा हिड्दैन तबसम्म नेपाली काँग्रेसले आफ्नो आन्लोलन नरोक्ने पनि बताउनुभयो । उहाँले सडक र सदन दुवैबाट सरकारलाई खबरदारी गर्नका लागि कार्यकर्ताहरुलाई आव्हान पनि गर्नुभएको छ ।

    कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पार्टी सभापति खिमप्रसाद भुसाल, पूर्व सभापति नबराज गुरुङ्ग, गण्डकी प्रदेशसभाका सदस्य सांसद ललितकला गुरुङ्ग, प्रदेश सभा सदस्यका उम्मेदवार राजेन्द्र तिवारी, जिल्ला कोषाध्यक्ष रामकृष्ण मल्ल लगायतले बोल्नुभएको थियो ।

    यस पार्टी कार्यालयबाट शुरु भएको बिरोध ¥याली कुश्माबजार परिक्रमा गरि लोकतान्त्रिक चोकमा पुगेर सभामा परिणत भएको थियो । उनिहरुले सरकार बिरुद्ध नाराबाजी समेत गरेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.