• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नेकपाले सम्झियो कम्युनिष्ट आन्दोलन र उर्जावान ब्याक्तीत्व

  •      /२२ माघ २०७५, मंगलवार ०९:२७ ,  प्रकाशीत
  • कृष्ण अन्जान ज्ञवाली
    पोखरा । नेपाली वाम आन्दोलनको वीरासत जोगाउएको पोखरा लामाचौरको यो घर आजभोलि बिरानो मात्रै बनेको छैन ।बाम आन्दोलामा लाग्नेहरुलाई आश्रय र उर्जा प्रदान गर्ने घर मुली गोविन्द प्रसाद गौतमको मृत्युको शोकले सन्नाटा छाएको छ।

    जतिवेला नेपालका कम्युनिष्ट नेताहरु भुमिगत राजनीति गर्दै्थिए त्यतिबेला लामाचौरका गोविन्द गौतमको यो घर कम्युनिष्टको सेल्टर मात्र होइन वाम आन्दोलनका रणनीति तय गर्ने स्थल र आन्दोलमा उर्जा छर्ने माध्यम बन्यो।

    २०३६ साल देखि ४६ साल सम्मका आन्दोलनको रणनीति पनि यतै बन्ने गरेको स्थानिय वाबुराम गौतमलाइ सम्झना छ ।एउटा कालखण्डमा नेपाली कम्युनिष्ट आन्दोलनका हस्तीहरु बामदेव गौतम ,त्रिलोचन ढकाल ,जिवराज आश्रित ,सोमनाथ अधिकारी प्यासी ,शिवजी कोइराला लगायतका नेताहरुको सेल्टर बनेको नेकपाका बर्तमान स्थायि समिति सदस्य सोमनाथ अधिकारी प्यासी बताउँछन ।

    अब ति गोविन्द प्रसाद गौतम हामी माझ छैनन ।यहि माघ १४ गते उनको देहावसान भयो तर वाम आन्दोलनका नेता हरुको मानसपटल र सम्झनामा यो घरसंगै गोविन्द प्रसाद गौतम आइरहे ।

    नेकपा लामाचौरको संयन्त्रले स्वार्गिय गौतमको शोक मनाउन आयोजना गरेको कार्यक्रममा नेकपा स्थायी समितिका सदस्यलाई उपस्थित गराएर गौतम र उनको घरले वाम आन्दोलनलाइ पुर्याएको योगदानको चिरस्मरण गराइयो ।

    नेकपा कास्कीका सदस्यहरु दिपक पौडेल, इमान राज पौडेल ,नारायण वास्तोला ,बलराम पौडेल ,लगाएतको उपस्थितिमा गोविन्द गौतम प्रति श्रद्धाञ्जली सभाको आयोजना गरेर नेकपाको लामाचौर सँयन्त्रले गौतम प्रति सम्मान सँगै उनले पुर्याएको योगदानको चर्चा समेत गरेको छ ।

    हामिले इतिहासलाई जीवन्त बनाउँदै विगतले वर्तमानलाई डोर्याएको अनुभुति दिलाउने प्रयास गरेका छौ,कम्युनिस्ट आन्दोलनलाई सेल्टर दिने गौतम जस्ता सहायोगी प्रति हामीले सच्चा श्रद्धाञ्जली दिनका लागि यो शोकसभाको आयोजना गरेका हौ, नेकपा लामाचौरका युव नेता विष्णुप्रसाद गौतमले भने ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.