• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा म्याराथनलाई सफल बनाउन हङकङमा जाग्दै नेपाली

  •      /२३ माघ २०७५, बुधबार १०:१६ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संम्वाददाता
    पोखरा । पोखरामा यहि फागुन ७ गते सम्पन्न हुन गईरहेको “१३ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन” प्रतियोगिताका सफल बनाउनका लागि हङकङबाशी नेपालीहरु एकजुट भएका छन ।

    हङकङलाई कर्मथलो बनाएका पोखरेलीहरुको संयोजकत्वमा आयोजित भेलामा पोखरा लगायत नेपालको विभिन्न ठाउँमा बसोबास गर्ने हङकङेलीहरुले स्वतःस्र्फुतरुपमा सहयोग रकम जुटाउन थालेका हुन ।

    पूर्व राष्ट्रिय खेलाडी खेलाडी तथा वी विल राईज फाउण्डेशनका संस्थापक तुलसीकुमार गुरुङ, ब्यवसायी तथा समाजसेवी त्रिलोक गुरुङ र हङकङ ब्यापार संघका अध्यक्ष प्रकाश पुन र उनकी श्रीमती टिका पुनले पोखरा म्याराथनका लागि एक–एक लाख सहयोग रकम घोषणा गरेका छन ।

    त्यस्तै सहयोग गर्नेहरुमा गोपी गुरुङ, अर्जुन गुरुङ, हिमालय यात्रा, विरेन्द्र जङ गुरुङ, देउकाजी गुरुङ, विरेन्द्र तोर्जे, होमर गुरुङ, सुरज गुरुङ, सञ्जय गुरुङ, रक्स गुरुङ, शुरेस गुरुङ चिज गुरुङ, मनोङ गुरुङ र विक्रम गुरुङ लगाएत रहेका छन ।

    “दौड स्वास्थ्यका लागि, दौडौ पोखराको लागि” भन्ने नाराको साथ आयोजना गरिएको म्याराथन प्रतियोगिता पोखराकै शान हो, हामी विदेशमा बस्छौ तर हाम्रो मन नेपालमै छ, आफ्नै देशमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुनु नै गौरवको बिषय रहेको भन्दै हङकङबाशी नेपालीहरु एकजुट भएको बताइन्छ ।

    “पैसा र अबसरको अभावमा कुनाकन्दरामा रहेका प्रतिभावान खेलाडीहरुलाई अन्तर्राष्ट्रिय मञ्चमा उभ्याउने यो प्रयासमा हामी पनि सहकार्य गर्न चाहन्छौ” पूर्व राष्ट्रिय खेलाडी समेत रहेका तुलसीकुमार गुरुङले भनेका छन ।

    पोखरा म्याराथनलाई पोखरेली मंच यूकेले साथ अगाडी बढाईरहँदा हङकङ बाशी नेपालीहरुले साथ दिनु आयोजकका लागि महत्वपूर्ण रहेको भन्दै भूतपूर्व खेलाडी मंच नेपालका अध्यक्ष तेज गुरुङले नेपाल र विशेष गरि पोखराको खेलकुद विकासमा विदेशमा रहेका नेपालीहरुको खेलप्रती चासो निकै स¥हानिय र प्रशंसनिय रहेको बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.