शु्भेच्छा न्यूज संम्वाददाता
पोखरा। पोखरा महानगरको क्षिक्षा शाखाको जीपमा आगजनी गरेको आरोपमा पक्राउ परेको विद्यार्थी नेताहरु रिहाई भएका छन्।
माघ १९ गते सार्वजनिक बिदाका दिन गाडी चलाएको भन्दै शिक्षा शाखाको गाडी नियन्त्रणमा लिएर आगजनी गरेको आरोपमा पक्राउ परेका बिद्यार्थी नेताहरुलाई जिल्ला अदालत कास्कीले साधारण तारेखमा छाड्न आदेश दिएको हो।
विद्यार्थीहरु रिहाईको माग गर्दै नेविसंघले विभिन्न आन्दोलन गर्दै आएको थियो । तीन जना विद्यार्थीलाई जिल्ला अदालतले साधराण तारेखमा छाडेको नेविसंघका केन्द्रिय सदस्य भानु ढकालले जानकारी दिए । पोखरा महानगरपालिका शिक्षा शाखाको गाडी जलाएको आरोपमा प्रहरीले नेविसंघका ५ नेतालाई पक्राउ गरेको थियो।
पक्राउ परेकामध्ये राजेन्द्र बराल र लक्ष्मी पौडेल पहिले नै छाडेको थियो भने परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई शुक्रबार अदालतले साधारण तारेखमा छाडेको हो ।

Related