• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा पर्वत सडकखण्ड अन्तरगतको मध्यपहाडी लोकमार्गमा फागुन १ देखि नयाँ तालिका सार्वजनिक

  •      /२९ माघ २०७५, मंगलवार ०३:५२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संवाददाता
    पोखरा । मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा आगामी फागुन १ गतेदेखि बन्दको नयाँ तालिका सार्वजनिक भएको छ । दैनिक १० बजेदेखि ४ बजेसम्म लगातार बन्द हुँदा यात्रुहरुलाई असहज भएको भन्दै आगामी फागुन १ गतेदेखि बीचको समयमा पनि सडक सुचारु गर्ने गरी नयाँ तालिका सार्वजनिक भएको हो ।

    जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर वि. पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले लगातार ७ घण्टाको यातायात सेवा बन्द हुँदा यात्रुहरुलाई असहज भएको भन्दै बिहान १० बजेदेखि २:३० बजेसम्म बन्द गर्ने र २:३० बजेदेखि ४:३० बजेसम्म खुला गर्ने साथै ४:३० बजेदेखि साँझ ६:३० बजेसम्म यातायात बन्द गर्ने गरी निर्णय गरेको छ । सडक विस्तारका लागि पर्वतको सिमाना अँधेरीखोलादेखि अर्मादीसम्म सबै ठाउँमा एकीकृत ढंगले काम सुचारु गर्नेसमेत निर्णय भएको हो ।

    लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवादेखि बेतनीबीचको माहुरी भीरमा सडक फराकिलो बनाउने काम अझै द्रूत गतिमा काम गर्ने साथै चुवा भीर र अर्मादीको भीर कटान पनि एकै पटक गर्ने गरि व्यवस्था मिलाउने निर्णय गरेको छ ।

    साथै वैकल्पिक सडक खोल्न सकिने ठाउँहरुमा बैकल्पिक सडक निर्माण गरी यातायात सेवालाई संचालन गराउने गरी तय गर्न मध्य पहाडी लोकमार्ग कार्यान्वयन इकाई पर्वत र निर्माण कम्पनी लामा कन्ट्रक्सनलाई व्यवस्था गर्न आग्रह गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय पर्वतको समन्वयमा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, मध्य पहाडी लोकमार्ग कार्यान्वयन इकाई पर्वतका प्रमुख आशिष थापा मगर, नेकपाका केन्द्रीय सदस्य गुप्त हमाल, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, निर्माण कम्पनीका प्रमुख, राजनीतिक दलका नेताहरु, संचारकर्मी समाजसेवी तथा नागरिक समाजका प्रतिनिधीहरुको उपस्थितिमा यो निर्णय गरिएको हो ।

    मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा–बागलुङ खण्डलाई नयाँ स्वरुपमा ढाल्ने गरी मर्मत सम्भार तीब्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्न चारवटा प्याकेज बनाएर काम भैरहेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.