पोखरा । ‘१२ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथन’को उपाधि नेपाल पुलिसका भूमिराज राईले जितेका छन् । उनले निर्धारित दूरी २ घन्टा ३६ मिनेट ४२ सेकेण्डमा पूरा गरेका हुन् ।
त्यसैगरी आर्मीका हरिकुमार रिमाल दोस्रो भएका छन् उनले निर्धारित दूरी २ घन्टा ३८ मिनेट ४६ सेकेण्डमा पूरा गरेका थिए । तेस्रो स्थानपनि आर्मी कै लालबहादुर थापाले हात पारेका छन्। उनले २ घन्टा ३९ मिनेट ४२ सेकेण्डमा दौड पूरा गरेका थिए।
पोखरा रंगशालाबाट सुरुभएको ४२ .१ किमीको म्याराथन दौड विरौटा चोक (तल्लो), राष्ट्रवैंक चोक सहिदचोक, बशुन्धरा पार्क, हल्लनचोक, जिरो किमी, सिम्पानी चोक, भिमकालीपाटन चोक, महेन्द्रपुल, विपी चोक, नयाँ सडक, सभागृह चोक, पृथ्वी चोक, नयाँ बजार महेन्द्रपुल, रानीपौवा, भद्रकाली चोक, मियाँपाटन चोक, वि.पि. मार्ग, चाउथे डि.आर पेट्रोलपम्प, गलेश्वर चोक, रामेश्वर मा.वि., मझेरीपाटन चोक, फुलबारी होटल चोक, ढुङ्गेसाँघु चोक, महतगौडा चोक, अन्तर्राष्ट्रिय म्युजियम, घारीपाटन बिरौटा चोक (माथिल्लो), कालिका क्याम्पस गेट, भारतिय पेन्सन क्याम गेट, तमु धीं यू.के. गेट हुदै रंगशालामा पुगेर समापन भएको थियो।
म्याराथनमा प्रथम हुनेले नगद ७० हजार दोश्रोले ४५ हजार र तेश्रोले ३० हजार चौथोले सान्त्वना रुवस्प नगद ५ हजार प्राप्त गरेका छन्।
प्रतियोगिताको बिहान ६ बजे मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ र पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मनबहादुर जिसीले उद्धाटनगरेका थिए।

Related