फागुन ७ गते पोखरामा हुने पोखरा म्याराथनको तयारी तीव्र
/२ फाल्गुन २०७५, बिहीबार ०९:५७ , प्रकाशीत
शुभेच्छा न्यूज संवाददाता
पोखरा । फागुन ७ गते पोखरामा हुने “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” लाई सफल पार्न तयारी तीव्र पारिएको भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङले बताएका छन् ।
अध्यक्ष गुरुङले प्रतियोगिताको तयारी बारे जानकारी दिदै “१२ औ संस्करण भन्दा १३ औं संस्करणमा आफुहरु बढी उत्साहित भएर लागि परेको बताए। प्रतियोगितालाई सफलपार्न २६ वटा उपसमिति बनाएर तयारी तिव्र पारेको जनाउदै अध्यक्ष गुरुङले हाल सम्म ३ सय ५७ वटा संघ–संस्था संग समन्वय गरी अघि बढेका बताए ।
प्रतियोगिताले पोखरा महानगरपालिकाका १७ वटा वडाहरुलाई छुने बताउदै अध्यक्ष गुरुङले वडा अध्यक्षहरुले प्रतियोगिताको तयारीको लागि सहयोग गरेको उल्लेख गरे ।
प्रतियोगितामा जापान, चाईना, फ्रान्स सहितका युरोपका समेत धावकहरु सहभागी हुनेभएको उनले जनाए ।
म्याराथनको ४२ किलोमिटरको दुरीलाई १२ भागमा बिभाजन गरी एम्बुलेन्स सहितको स्वयम सेवकको ब्यवस्था गरिएको छ।छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राम कृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पुर्व अध्यक्ष नारायण कार्की, पुण्य प्रसाद पौडेल, प्रचार प्रसार समितिका संयोजक केशव पाठक लगायतले प्रतियोगितालाई सफलपार्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने जनाए ।

Related