• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘पोखरा म्याराथन आर्थिक समृद्धीका लागि महत्वपूर्ण’ उपमेयर गुरुङ

  •      /५ फाल्गुन २०७५, आईतवार १४:१२ ,  प्रकाशीत
  • शुभेच्छा न्यूव संवाददाता
    पोखरा । “१३ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन” पोखराको आर्थिक समृद्धीका लागि महत्वपूर्ण रहेको पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु गुरुङले बताएकी छन ।

    पोखरा महानगरपालिका वडा अध्यक्षहरु र म्याराथन आयोजक संस्थाका पदाधिकारीहरु संग पोखरा म्याराथन सफल बनाउन आयोजित छलफल कार्यक्रममा उपमेयर गुरुङले पोखरालाई खेलकुद मार्फत आर्थिक समृद्धी हासिल गर्न पनि पोखरा म्याराथन सफल बनाउनु पर्ने कुरामा जोड दिएकी छन ।

    उपमेयर गुरुङले यहि फागुन ७ गते भूतपूर्व खेलाडी मंच नेपालको आयोजनामा हुने पोखरा म्यारथनलाई महानगरको तर्फबाट सहयोगको निरन्तरता संगै १३ औं संस्करणले सफलता लिने कुरामा आफू ढुक्क रहेको र सबै महानगरबाशीहरुलाई एकजुट भएर पोखरा म्याराथनमा सहभागिताका लागि आग्रह समेत गरिन ।

    सो अबसरमा बोल्दै मंचका अध्यक्ष तेज गुरुङले पोखरा म्याराथन पोखराका लागि महोत्सवका रुपमा रहेको बताउँदै सम्पूर्ण स्थानिय जनताबाट पनि म्याराथन सफल बनाउन देखाएको सहयोगले आफूहरु अझै उत्साहित भएको बताए ।

    पोखरा म्याराथनमा ५ हजार भन्दा बढी एकै साथ दौडने र पोखरा म्याराथनलाई प्राथमिकतामा राखेर देश विदेश बाट उल्लेख्य रुपमा नेपाली दाजुभाईहरुको उपस्थितीले थप रौनकता ल्याएको अध्यक्ष गुरुङले बताए । उनले पोखरा म्यारथनका लागि महानगर संग भगिनी सम्वन्ध रहेका चिन र जापान जस्ता मुलुकबाट समेत खेलाडीहरु सहभागिता रहने उनले जानकारी दिए ।

    पोखरा म्याराथनलाई प्राथमिकता दिएर चिनको शिन्ह्वा न्यूज एजेन्सी लगाएत अन्य पत्रकारहरुको विशेष उपस्थितीले यसलाई विश्व मानचित्रमा पु¥याउन महत्वपूर्ण रहेको बताउँदै सम्पूर्ण वडा अध्यक्ष तथा जन प्रतिनिधीहरुलाई पोखरा म्याराथनमा सक्रिय सहभागिताका लागि आग्रह गरे ।

    कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरुले पोखरा म्याराथन बारे आ–आफ्नो तर्फ बाट जिज्ञासा राखेका थिए । सो अवसरमा पोखरा महानगर पालिकाका प्रवक्ता धन बहादुर नेपालीको समेत उपस्थिती रहेको थियो ।

    १३ औंं संस्करणको पोखरा म्याराथनमा पोखरा महानगरपालिका मेयर मान बहादुर जिशी संरक्षक रहेका छन भने पोखरा म्याराथनले पोखराको १७ वटा वडाहरुमा धावकहरु पुग्ने गरि रुट तय गरिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.