कृष्ण अन्जान ज्ञवाली गुल्मी /गाउँ घरमा मान्छे विरलै भेटिन्छन ,सन्नाटा छ गाउँघरमा ।तथ्याँकले करिव ७० प्रतिसतले गाउँ छाडेका छन गुल्मीका गाउँघरमा/अधिकाँश घरहरुमा ताला झुण्डिएका छन तर सडक सन्जाल भने घरघरका तगाराेमा पुगेका छन ।
कहिल्यै गाडी जानै नपर्ने ठाउहरुमा पनि सडक भने खनिएका छन।लाग्छ मानाै गाडी जाने बाटाे खन्नु नै व्यक्तिगत हैसियत सँग नापिन्छ ।बर्षाै सम्म गाउँ छाडेकाहरु पनि जब वाटाे बन्ने कुरा सुन्छन अनि गाउँमा अाएर अाफ्नाे घर सम्म बाटाे लैजान पाखुरा ठेलाठेल गरेका उदाहरण गाउँमा देखिएकाे छ ।
बन्नै पर्ने ठाउँमा सडक बन्नु स्वाभाविक छ तर त्यस्ता ठाउँमा सडक विस्तारमा विवाद हुन्छ तर जहाँ कहिल्यै गाडि जानै पर्दैन त्यस्ता ठाउँहरुमा भने सडक खन्न हाेडवाजि छ ।
दशहजारकाे घर छैन लाखाैँ खर्च गरेर सडक लाने तँछाड मछाड छ रुरु गाउँ पालिका १ का सामाजिक अभियन्ता घनस्याम ज्ञवालीले भने ।सडक निर्माण सँगै गाउँ घरमा भुक्षय र पर्यावरणिय सँकट देखिएकाे छ ।जहाँ सडक खनिएकाे छ तहाँ पहिराे जाने जमिन भासिने समस्या अत्यधिक छ ।
यसैगरि सडककै कारणले रुखहरु ढाल्ने पाेखरी पुर्ने चाैतारा मास्ने भएपछि पर्यावरणीय र साँस्कृतिक महत्वका विषय हरु सँकटमा रहेका छन ।मास्ने तर त्यसकाे पुर्न व्यबस्थापन गर्ने कार्य नहुदा त्यसकाे प्रभावत भावि सन्ततिमा वातावरणिय असर देखिने कुरामा शँका छैन ।
कृष्ण अन्जान ज्ञवाली
गुल्मी / गाउँ घरमा मान्छे विरलै भेटिन्छन ,सन्नाटा छ गाउँघरमा ।तथ्याँकले करिव ७० प्रतिसतले गाउँ छाडेका छन गुल्मीका गाउँघरमा/अधिकाँश घरहरुमा ताला झुण्डिएका छन तर सडक सन्जाल भने घरघरका तगाराेमा पुगेका छन ।

Related