प्रदेश ४ का सभामुख अधिकारी र स्विडिस साँसदबीच भेटबार्ता
/७ फाल्गुन २०७४, सोमबार १४:११ , प्रकाशीत
पोखरा । प्रदेश नम्वर ४ का सभामुख नेत्रनाथ अधिकारी र स्विडेनका साँसदबीच सोमवार पोखराको संसद भवनमा भेटबार्ता भएको छ । भेटका क्रममा स्विडेनका साँसदहरुले अधिकारीलाई चार नम्बर प्रदेश सभाको सभामुखमा निर्विरोध निर्वा्चित भएकोमा बधाई ज्ञापन गरेका थिए ।
भेटका क्रममा उनीहरुले यहाँको राजनीतिक, सामाजिक, आर्थिक, युवा तथा महिला एवम गैरसरकारी क्षेत्रमा देखिएका समस्यालाई प्रदेश सरकार र संसदले कसरी संबोधन गर्ला ? भन्ने जिज्ञासा राखेका थिए ।
साँसदहरुको जिज्ञासामा सभामुख अधिकारीले देशले भर्खरै राजनीतिक संक्रमणबाट मुक्ति पाउँदै संघीय संरचनामा गएको भन्दै संविधान कार्यान्वयनको क्रममा नेपालको बहुभाषा, बहुसँस्कृति, बहुधार्मिक प्रकृतिको सामाजिक संरचनाको हित हुने गरी संबोधन हुने बताए।
केन्द्रीकृत शासन प्रणालीबाट देश संघीयतामा गएको अवस्थामा जनतासँग प्रत्यक्ष सम्पर्क हुने गरी तीन तहको संविधानमा व्यवस्था गरिएको भन्दै अधिकारीले केन्द्र, प्रदेश र स्थानीय तहमार्फत जनतासँग निरन्तर अन्तरक्रिया हुने गरी काम भईरहेको जानकारी गराएका थिए।
जनताले सरकारसँग धेरै अपेक्षा गरेको भन्दै अधिकारीले जनताको अपेक्षा अनुसारका कानूनहरु निर्माण गरेर जनताले प्रत्यक्ष अनुभुति गर्नेगरी सम्बृद्धी हासिल गर्ने दिशातर्फ उम्मुख हुनुपर्ने बताए।
देश र प्रदेशको सम्बृद्धिको लागि मित्रराष्ट्रहरुको अनुभवबाट सिक्दै आफ्नै भिन्न खाले विशिष्ठताहरुबाट सिक्दै अगाडी बढिने जानकारी साँसदहरुको टोलीलाई सभामुख अधिकारीले गराए ।
उनले पुर्वाधार निर्माण र आर्थिक समस्या चुनौतीको रुपमा रहेको बताउँदै त्यसलाई सबै राजनीतिक पार्टी र अन्य सरोकारवालाहरु मिलेर समाधान गर्ने बताए।
राज्यको नीति निर्माण गर्ने तहमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेर राजनीतिक पार्टीले महिला सहभागिता र शसक्तिकरणमा उल्लेख्य प्रगति गरेको उनले जानकारी गराए। देशको सम्बृद्धिको लागि सदनमा सम्मानजनक बहुमत रहेको जानकारी गराउँदै उनले जनताको मन जितेर सम्बृद्धि हासिल गर्ने जानकारी गराए। .

Related