बलात्कारको आरोप लागेका वडाअध्यक्ष रेग्मीलाई जिल्ला अदालत तनहुँद्वारा सफाई
/६ फाल्गुन २०७५, सोमबार १६:०३ , प्रकाशीत
शुभेच्छा न्यूव संवाददाता
पोखरा । बलात्कारको आरोप लागेका शुक्लागण्डकी नगरपालिकाका वडाअध्यक्ष कृष्ण प्रसाद रेग्मीलाई अदालतलले सफाई दिएको छ । बलात्कारको आरोप लागेपछि लामोसमय सम्म फरार भइ प्रहरी समक्ष आत्मसर्मपण गरेका शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष रेग्मीलाई अदालतले सफाई दिएको हो।
उनलाई तनहुँका जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको एकल इजलासले सोमवार सफाई दिएको अदालतका श्रेस्तेदार शुर्दशन खनालले जानकारी दिए ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष रेग्मीलाई सोही वडा निवासी २७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप लागेको थियो। युवतीले आफुलाई पटक पटक वडाध्यक्ष रेग्मीले बलात्कार गरेको भन्दै न्यायीक समिति शुक्लागण्डकी नगरपालिका दुलेगौंडा र वडाप्रहरी कार्यलय वेलचौतारामा उजुरी दिएकी थिइन् ।
पीडित युवतीले वडा अध्यक्ष रेग्मीले असोज २९ गते र कार्तिकमा दुई पटक बलात्कार गरेको भनी गत मङ्सिर ६ गते उजुरी दार्ता गराएकी थिइन्। युवतीले इलाका प्रहरी कार्यालयमा निवेदन दर्ता गराए लगत्तै फरार भएका रेग्मीले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए।
युवती बलात्कारको आरोप लागेपछि वडाध्यक्ष रेग्मीको जनप्रतिनिधिको हैसियतमा पाउने सेवा सुविधा समेत नगरपालिकाले कटौती गरेको थियो।

Related