नेपाल आर्मीका रिमालले पोखरा म्याराथनको उपाधि हात पारे
/७ फाल्गुन २०७५, मंगलवार १०:५८ , प्रकाशीत
शुभेच्छा न्यूव संवाददाता
पोखरा । पोखरा म्याराथनको उपाधि नेपाली सेनाका धावक हरिकुमार रिमालले हात पारेका छन शसस्त्र प्रहरी बलका धावकलाई १० सेकेण्डले पछि पार्दै विभागीय नेपाली सेनाका धावक हरिकुमार रिमालले पोखरा म्याराथनको १३ औं सस्करणको उपाधि जितेका ह्न् ।
मंगलबार पोखरा रंगशालाबाट शुरु भएको दौड बजारपरिक्रमा गर्दै रंगशालामा पुगेर टुंगिएको थियो । रिमालले दुई घण्टा ४० मिनेट १० सेकेण्डको समयमा पुरा गर्दै नगद एकलाख रुपैयाँ राशीको पुरस्कार हात परे। उनी गतवर्ष अन्नपूर्ण म्याराथनका विजेता समेत हन्
पोखरा रंगशाला भित्रको रनिङ ट्रयाकमा सँगै प्रवेश गरेपनि दश सेकेण्डले पछि परेका शसस्त्र प्रहरी बलका खिमबहादुर खत्रीले दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भए । उनले दौडलाई २ घण्टा ४० मिनेट २० सेकेण्डको समय लगाएका थिए । उनले उपविजेता बन्दै नगद ७० हजार रुपैयाँ हात पारे । तेस्रो स्थानमा भने नेपाल प्रहरीका भूमिराज राईले हात पारे। उनले दुई घण्टा ४१ मिनेट १७ सेकेण्डको समयमा सो दुरी पार गर्दै तेस्रो पुरस्कार ५० हजार रुपैयाँ हात पारे।
चौथो स्थानमा आएका आर्मीका धावक पूर्ण तामाङले भने सान्त्वना पुरस्कार पाएका छन्। उनले २ घण्टा ४२ मिनेट ५५ सेकेण्डको समयमा उक्त दुरी पुरा गरेका थिए ।
विजेता धावकहरुलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन, मुख्य प्रायोजक सुजल डेरीका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, गण्डकी प्रदेश सदस्य कृष्ण थापा, नेपाल भुतपुर्व खेलाडी मञ्चका अध्यक्ष तेजबहादुर गुरुङ लगायतले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । म्याराथन दौडमा विभिन्न जिल्लाका धावकहरुले प्रतिस्पर्धा गरेका थिए ।
म्याराथनमा गिनिज बुक्स अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल १३ औँ पटकका सगरमाथा आरोही तेन्जिङ शेर्पा र माउन्ट किनाबुलु मलेसियामा १९९१, १९९२ र १९९३ मा कीर्तिमानधारी अन्तर्रा्ष्ट्रिय धावक कुशाङ गुरुङ समेतको उपस्थिति रहेको थियो।
म्याराथनमा ४२ किलोमिटर देखि पाँच किलो मिटर, १० किलो मिटर लगायतको विभिन्न चरणको दौडको आयोजना गरिएको छ।

Related