गण्डकी प्रदेशमा ६ सय ४० मानब अधिकार उलंघनका घट्ना, संक्रमणकालिन न्याय निरूपणमा साझा भुमिका आवश्यक ; सभामुख अधिकारी
तपाईको प्रतिक्रिया





शुभेच्छा न्यूज संवाददाता
पोखरा । गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले संक्रमणकाल न्याय निरूपणको पाटो संवेदनशिल भएकाले सबै पक्ष एक भएर निरूपण तर्फ लाग्नुपर्ने बताएका छन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा फागुन ७ गते पोखरामा आयोजना गरिएको नेपाल मानवअधिकार बर्ष पुस्तक २०१९ को सार्वजनिकीकरण कार्यक्रममा आफ्ना भनाई राख्दै सभामुख अधिकारीले जटिल बिषयको समाधान गर्न सबै पक्षको भुमिका महत्वपुर्ण रहने बताएका हुन् ।
सभामुख अधिकारीले बर्ष पुस्तक राज्यलाई अधिकार कार्यान्वयनका लागि मार्ग निर्देशक दस्तावेज भएको बताउँदै राज्यले अधिकारको प्रबद्र्धन तथा संरक्षण नगरेको अवस्थामा मानवअधिकारकर्मीले खबरदारी गर्नुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता राजेन्द्र घिमिरेले नेपाल मानवअधिकार बर्ष पुस्तक मानवअधिकारको ऐनाको रूपमा रहेको बताउँदै पुस्तकमा उल्लेख गरिएका बिषयलाई आधार मान्दै मानवअधिकारको प्रत्याभुतिका लागि प्रदेश सरकार क्रियाशिल रहने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराका संयोजक शिव खकुरेलले गण्डकी प्रदेशको सन् २०१८ को मानवअधिकार अवस्था सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै संयोजक खकुरेलले गण्डकी प्रदेशमा सन् २०१८ भित्र राज्य पक्षबाट ७३ जना र गैरराज्य पक्षबाट ५ सय ६७ गरी ६ सय ४० जना ब्यक्ति मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा पीडित भएको जानकारी दिए ।
गत वर्ष राज्य पक्षबाट चारजना महिला र १ सय ९ जना पुरूष र गैरराज्य पक्षबाट ७ सय ३३ महिला र ५९ जना पुरूष गरी ९ सय ५ जना पीडित भएको अभिलेख गरिएको संयोजक खकुरेलले बताए ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले मानवअधिकार परिपालना गर्नु राज्यको दायित्व भएको हुँदा प्रशासनका तर्फबाट आफ्नो भुमिका सँधै अग्रणी रहने प्रतिबद्धता ब्यक्त गरे ।प्रमुख जिल्ला अधिकारी बुढाले उपभोक्ता अधिकारप्रति नागरिक पनि सचेत हुँदै अधिकार हनन् हुनेबारेमा चनाखो हुनुपर्ने भनाई राखे ।
गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव फणिन्द्रमणी पोखरेलले राज्यका श्रोत र साधनको दुरूपयोग हुनु पनि अधिकारको उल्लंघन भएको बताउदै राज्यको श्रोत र साधनको रक्षाका लागि नागरिक समाजको समेत खबरदारी गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेकपाका जिल्ला संयन्त्र सदस्य दामोदर वैरागी, नेपाली कांग्रेस जिल्ला कार्यसमिति कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे र राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बराल लगायतले मन्तव्य राख्दै मानवअधिकारको रक्षा तथा प्रबद्र्धनका लागि आफ्नो दलका तर्फबाट सहयोग पुर्याउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममासरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष बिना सिलवाल, शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखराका संयोजक विष्णु प्रसाद बराल, राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक दिपकजंग ध्वज कार्कीले लगायतले बोलेका थिए।
Related