कृष्ण अन्जान ज्ञवाली पोखरा ।पोखरा १६ दिप हाउजिँगमा भैँसीपालन गर्ने गँगाधर वास्तोला यति वेला सहयोगका लागि सरकारी निकाएमा धाइ रहेका छन तर सहयोग कतैबाट छैन ।
गत मँशिर १९ गते विहान करिव ३ बजेदेखि लागेको आगोले उनको करिव १ हजार भारी पराल जलेर नष्ट भयो ।कसरी कस्ले आगो लगायो यसबारे अनुसन्धान पनि भएन । ६ लाख बराबरको पराल जलेर नष्ट भयो न कुनै राहत न कुनै सहयोग ।उनले १६ वटा भैँसी पालेर लामो समयदेखि दूध बेच्ने गर्थे ।
पोखरामा उनी पशुपालनका त्यस्ता अभियन्ता हुन जस्ले १६ बर्ष विताइसकेका छन ।उनले पोखरा क्षेत्रमा व्यवसायिक पशुपालनको बाटो देखाइ दिने पथप्रदर्शक समेत हुन ।
उनले भैँसि पालनका लागि पोखराका विभिन्न ठाउँबाट पराल खरिदेका थिए त्यहि परालमा आगो लाग्यो जुन परालले वर्ष दिन उनका भैँसिकालागि आहारा बन्थ्यो ।
बिहानै पराल दनदनि बल्यो मेरो होस हवास हरायो कस्ले लगाइदियो आगो दैव लागेझैँ भयो उनले भने ।
परालमा आगो लागेपछि प्रहरी मुचुल्का सहितको निबेदन प्रदेश सरकारको कृषि मन्त्रालयमा बुझाएको तर कुनै सहयोग नपाएको उनको भनाइ छ ।हामी जस्ता को सुनुवाइ कहि पनि भएन टाठाबाठाको मात्र काम हुने रैछ दुखि हुँदै उनले भने ।
यति बेला सरकारले कृषकहरुलाई राहतका कुरा गरि रहँदा गँगाधर जस्तो समस्या मा रहेका किसानलाई राज्यले हेरेको पाइएन ।स्थानिय निकाएका जनप्रतिनिधिलाई पनि उनले सहयोगका लागि पटक पटक याचना गरेका छन तर उनको याचनालाइ हुन्छ हुन्छ भनेर टार्ने गरेको उनले बताए ।
यतिबेला धेरै त्यस्ता व्यक्ति छन जसले परियोजना झोलामा बोकेर अनुदान खान्छन तर गँगाधर जस्ता पशुपालन किसानमाथि दैव लाग्छ सहयोगका लागि सँम्बन्धित निकाएमा चाहार्छन तर उनले केही पाउँदैनन ।
परालमा आगो लागेपछि वडा न १६ का जनप्रतिनिधिले पनि स्थलगत अनुगमन गरेका हुन ।परालमा आगो लागेपछि उनले भैँसिको सँख्या पनि घटाएका छन उनी यो घटना पछि निरुत्साहित भएका मात्र छैनन उनी भन्छन किन म परिश्रम गरेर दुई छाक खानेमाथि दैव लाग्छ यो सम्झँदा डाँडै काटेर जाम झैँ लाग्यो ।
कृष्ण अन्जान ज्ञवाली
पोखरा । पोखरा १६ दिप हाउजिँगमा भैँसीपालन गर्ने गँगाधर वास्तोला यति वेला सहयोगका लागि सरकारी निकाएमा धाइ रहेका छन तर सहयोग कतैबाट छैन ।

Related