भूकम्पले ध्वस्त संरचना निर्माणसंगै सर्वसाधारणलाई सिपमुलक तालिमले दक्ष पार्दै असल छिमेकी नेपाल
तपाईको प्रतिक्रिया





कृष्ण अन्जान ज्ञवाली
पोखरा । २०७२ वैशाख १२ गतेको महाभूकम्प र त्यसले ल्याएको विपत्ती र त्रासदी कसैबाट लुकेको छैन ।मुख्यतया गोर्खा जिल्लाका दर्जनौ गाउँहरुमा भुकम्पका त्रासदी पुर्ण घाउमा असल छिमेकी नेपालले मलम पट्टी लगाउने काम गरेको कसैवाट लुकेन ।
असल छिमेकिले भुकम्पको त्रासदिको वीच पनि सरकारी निकाय सँग समन्वय ,र तथ्यांक सँकलन पछि राहत र पुर्न्निर्माणको क्षेत्रमा गरेको कार्य गोरखामा प्रशँसनिय रहेको आम गार्खा जिल्ला वासि बाट सुन्न पाइम्छ ।
सँस्थाले भुकम्पले प्रभावित क्षेत्रमा खाद्दान्नको जोहो सँगै स्वास्थ चौकि पुनर्निर्माणको कार्य अगाडी बढायो जस अनुसार श्रीनाथकोट,घ्यालचोक ,भुम्लिचोक ,घैरँग र आप पिपलमा रहेका स्वास्थ सँस्थको पुर्न्निर्माण गरिएको थियो ।
यसैगरि गोरखाका विभिन्न स्थानिय निकायका वडा कार्यालय पुर्ननिर्माणका साथै श्रीनाथकोट र सिरानचोकमा ४ वटा विध्यालयलाइ बालमैत्रि रुपमा समेत पुर्र्निनर्माण गरिसकेको छ ।
यसैगरि सँस्थाले गोरखाका मकैसिँह घ्यालचोक भुम्लिचोक सिरानचोक श्रीनाथकोट क्षेत्रका एकल महिला ,सिमान्तकृत ,बिपन्न र असहायका २ सय पचहत्तर व्यक्तिगत आवास कालागि व्यक्तिगत आवास पुर्न्निर्माण सहायता परियोजना मार्फत पुनर्निर्माण गरिएको सँस्थका कार्यकारी निर्देशक राजु अधिकारीले जानकारी दिए।
पुनर्निर्माण सँगै दक्ष जनशक्ति निर्माणका लागि सिपमुलक तालिम च्याँगलिँग,आँपपिपल ,पालुङटार धुवाकोट गाइखुर देउराली खरिबोट दर्बुँग घ्यालचोक श्री नाथकोट थालाजुँग केरावारी र जौवारी लगाएतका क्षेत्रमा डकर्मी सिकर्मी प्लम्बिग ,तालिम स्थानिय स्तरमा भएको थियो।
गोरखाका भुकम्प पिडितका लागि पोखरा पोलिटेक्निक इन्स्टिच्युट लामाचौरमा एक महिने हाउस वायरिँग तालिम पनि असल छिमेकि नेपालको सहयोगमा आयोजना गेरेको छ ।
सँस्थाले भुकम्प पिडित क्षेत्रमा ग्रामीण पशुस्वास्थ कार्यकर्ता तालिम मौरिपालन तालिमका साथै मौरि घार बितरण कार्यक्रम ,बाख्रा पालन तालिम तथा वितरण कार्यक्रम ,नगदेबाली तालिम तथा बिउबिजन बितरण कार्यक्रम ,महिला स्वास्थ सामुदायिक कार्यकर्ता तालिम ,सिलाइकटाइ तालिम तथा सिलाइ मशिन वितरण ,महिला तथा बालबालिका स्वास्थ शिविर लगाएतका कार्यक्रम सन्चालन गरेको कार्यकारी निर्देशक अधिकारीले बताए ।
असल छिमेकी नेपालले आफ्नो सामाजिक लेखा परिक्षण पनि सर्वजनिक गरेको छ र यसका लागि सँस्थाले पोखरामा स्थानिय निकाए सरकारी प्रतिनिधी प्रदेश मन्त्री पत्रकार समाजकल्याण परिषदका पदाधिकारी सामाजिक सँघ सँस्था पत्रकारका अगाडी उसले आफुले पुनर्निर्माण तथा अन्यकाममा करिब २२ करोड खर्च सार्वजनिक गरेको छ /
आफ्नो पहिलो चरणको भुकम्प पिडित क्षेत्रमा सन्चालित कार्यक्रम समापन भएको घोषणा समेत गरेको छ ।
Related