• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थाल तोकीए भन्दा ६ महिना अगाडी सम्पन्न हुन्छ ; पर्यटन मन्त्री अधिकारी

  •      /१२ फाल्गुन २०७५, आईतवार १४:२४ ,  प्रकाशीत
  • शुभेच्छा न्यूज संवाददाता
    पोखरा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले सरकार जनअपेक्षा अनुरुपको काम गर्न प्रतिवद्ध रहेको बताएका छन्।पोखरा महागरपालिका वडा नं. २१ कृस्तिस्थित भविष्य माविको ६६ औं बार्षिकोत्सव, सम्मान, पुरस्कार वितरण तथा अभिभावक दिवसको उद्घाटन गर्दै उनले सरकार मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढेको बताए।

    सामूदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न सबै क्षेत्रको सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गर्दै उनले असल संस्कार र मैत्रीपूर्ण भावनाका साथ विद्यार्थीहरुलाई अग्रसर हुन सुझाव दिए।

    राष्ट्र निर्माणका लागि उच्च भावनाका साथ अगाडि बढ्नु पर्ने उल्लेख गर्दै मन्त्री अधिकारीले शिक्षा क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताए ।
    बुबा र आफुले पनि यस विद्यालयमा विद्यार्थीलाई पढाएकाले भावनात्मक सम्वन्ध रहेको प्रसंग उल्लेख गर्दै अधिकारीले भने “ विद्यालयको विज्ञान प्रयोगशाला निर्माणका लागि आवश्यक सहयोग गर्नेछु”

    सुचना, सञ्चार प्रविधि मन्त्रालयको उच्चस्तरीय कम्प्यूटर ल्याव स्थापना गर्ने विद्यालयकोरुपमा छनोट भएकोमा खुशी व्यक्त गर्दै उनले प्रविधिको माध्यमबाट विद्यार्थीहरुको भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गरे ।

    जनताको पक्षमा निरन्तररुपमा कृयाशिल रहने उल्लेख गर्दै उनले आउँदो बर्षदेखि क्रमिकरुपमा वृद्धभक्तामा बृद्धि गर्दै पाँच बर्ष भित्र पाँच हजार पु¥याउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।

    मन्त्री अधिकारीले यसअघि मात्र मुलुकमा १३ वटा विमानस्थल सञ्चालनमा रहेकामा आपूmले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि हालसम्म २७ वटा विमानस्थल सुचारु भएको र सात वटामा निर्माण तथा मर्मत कार्य भई रहेको जानकारी दिए।

    निर्माणाधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल तोकिएको समय भन्दा छ महिना अघिनै सम्पन्न हुने विश्वास व्यक्त गर्दै उनले े लुम्विनिस्थित गौताम वुद्ध विमानस्थल निकट भविष्यमै सञ्चालनमा आउने जानकारी दिए।

    विद्यालयका प्रथम प्रधानाध्यापक ९८ बर्षीय बाबुराम रेग्मीले खरको छानाबाट शुभारम्भ भएको विगतका आरोह अवरोहको सम्झाना गर्दै विद्यालयको उज्ज्वल भविष्यको बारेमा प्रकाश पारेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.