अहिले विश्वजगत एलोपेथिक औषधिबाट विस्तारै आयुवेर्दिक,होमोपेथिक,प्राक्रितिक पद्धती लगायतका औषधिको प्रयोग तर्फ उन्मुख भएकोछ। लामो समय सम्म एलोपेथिक औषधिको प्रयोगले हैरान भएर विना असर युक्त औषधिको प्रयोग तर्फ लागेको छ। नेपालका पनि आफ्नै घरआँगन,पाखावारीमा यतिकै खेर गइरहेको जडिबुटीहरुको प्रयोगमा समाज लालाहित देखिएको छ। मानव स्वास्थ्यमा अत्यन्त उपयोगी देखिएको ध्यूकुमारीको समेत ब्यवसायीक उत्पादन सुरु गरिएको छ। ठूलो भूभागको यसको खेति समेत गरिदै आएको छ। यसको उत्पादन र ब्यवसायीकता तर्फ नेपाली समाजपनि उन्मुख हुदै गएको छ। ध्युकुमारी मानव स्वास्थ्यकोलागि अत्यन्त उपयोगरीछ।
घ्युकुमारीको करिब २ सय ५० प्रजाति रहेका छन् । यसमध्ये केही प्रजातिमात्र औषधीय गुण हुने गर्छ । यसमा सबैभन्दा प्रभावशाली प्रजाती बार्बाडेन्सीस वा एलोभेरा हो । हाम्रो शरिरको सही विकासका लागी २१ वटा एमिनो एसिडको आवश्यकता पर्छ । यसमा १८ वटा एमिनो एसिड एलोभेरामा पाइन्छ!
एलोभेरा जुसमा क्याल्सियम, सोडियम, आइरन, पोटासियम, क्रोमियम, मैगनीज, ताम्बा जस्ता खनिज पदार्थ पाइन्छ । एलोभेरामा १८ धातु, १५ एमिनो एसिड, र १२ थरीका भिटामिन पाइन्छ । यसले शरिरमा रगतको मात्राको कमीलाई कम गर्नुका साथै शरिरमा प्रतिरोधी क्षमतामा बृद्धी गर्छ । एलोभेरा जुस गर्भासयको रोग तथा पेटको विकार नष्ट गर्नका लागि समेत फाइदा पुर्याउँछ । गर्मी, वर्षाका कारण हुने विभिन्न समस्याबाट समेत यसले मुक्ति दिने गर्छ। गुलाब जलमा एलोभेराको रस मिसाएर अनुहारमा लगाउनाले अनुहारमा चमकता आउँछ ।
यस्तो छ एलोभेराको जुस फाइदाहरू
– प्रदुषण, जंक फुड, अनहेल्दी लाइफ स्टाइल, स्मोकिङ र ड्रिकिङ्ग आदीबाट शरिरमा बेफाइदा हुने गर्छ र यी खानेकुराले शरिरमा बिकार तत्व बढि मात्रामा निकाल्ने गर्छ । एलोभेरा जुसको नियमित सेवन गर्नाले यी सबै विकार पदार्थ बाहिर निस्किने गर्छन् ।
– दैनिक रूपमा एक गिलास एलोभेरा जुस पिउनाले तौल घट्छ साथै यसको प्रयोगले बारम्बार भोक लाग्ने समस्याबाट समेत मुक्ति पाइन्छ । साथै, मधुमेह नियन्त्रण गर्न पनि मद्दत गर्छ ।
– एलोभेराको जुसले दाँतको पहेलोपन पनि कम गर्छ । यसको दैनिक प्रयोगले दाँतमा हुने किटाणु नष्ट हुन्छ । सासमा हुने दुर्गन्ध समेत यसले कम गर्छ ।
– एलोभेराको जुसको नियमित सेवनले शरिरमा प्रतिरोधि क्षमता बढाउँछ। शरिरलाई स्पूmत राख्छ। दिनभर शक्ति प्रदान गर्छ र स्फूर्त राख्न मद्धत गर्छ । यसले रोग प्रतिरोधी क्षमतालाई बृद्धी गर्छ ।
– एलोभेरा जुसले रगतको कमीलाई पनि कम गर्छ । एलोभेराको ६ देखी ८ इन्च तासिएको टुक्रा, ५९७ वटा तुलसीकोप पत्ता र ४९५ वटा नीमको पात लिएर थोरै पानीमा हालेर पिस्ने र यसलाई तातो काढाँ बनाएर पिउनाले रक्तअल्पता हुनबाट बचाउँछ।
– एलोभेराको जुसले छालालाई समेत फाइदा पुर्याउँछ । यसको नियमित प्रयोगले छालामा चमकता ल्याउनुको साथै कपाल लाई पनि स्वस्थ समेत राख्छ ।
– एलोभेराको जुसले रगतको सञ्चालनलाई प्रभावकारी तुल्याउछ। यसले उच्च रक्त चापका विरामीलाई पनि निकै फाइदा पुर्याउँछ । विभिन्न स्रोतको सहयोगमा

– एलोभेराको जुसले रगतको सञ्चालनलाई प्रभावकारी तुल्याउछ। यसले उच्च रक्त चापका विरामीलाई पनि निकै फाइदा पुर्याउँछ ।
विभिन्न स्रोतको सहयोगमा
Related