पोखरा । पोखरा महानगरपालिकाको वडा नं १७ र २१ बीचको फुस्रे खोला माथि गण्डकी फर्मले चलाउँदै आएको तुइन आज हटाइएको छ ।
बंगुरका दाना लगायतका सामग्री ढुवानीका लागि भनिए पनि तुइनबाट विद्यालयका विद्यार्थी तथा सर्वसाधारण जोखिमपूर्ण तवरबाट ओहोरदोहोर गरेको पाइए पछि उक्त तुईन हटाउन बिहिवार प्रशासनले निर्देशन दिएको थियो ।
यस अघि शुभेच्छा न्यूज डटकमले फोटो सहितकोसमाचार प्रकाशन गरेपछि यस सम्बन्धमा सरोकारवाला निकायको ध्यानाकर्षण भएको थियो । नेपाल प्रहरीको टोलीले आज तुइनमा प्रयोग हुँदै आएको बाकस झिकेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो ।
वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक कोमल शाहका अनुसार झिकिएको तुइनको बाकस प्रहरीको नियन्त्रणमा रहेको छ । नेपाल सरकारले मुलुकबाटै तुइन विस्थापन गर्ने नीति लिएको छ ।
पोखरा । पोखरा महानगरपालिकाको वडा नं १७ र २१ बीचको फुस्रे खोला माथि गण्डकी फर्मले चलाउँदै आएको तुइन आज हटाइएको छ ।
बंगुरका दाना लगायतका सामग्री ढुवानीका लागि भनिए पनि तुइनबाट विद्यालयका विद्यार्थी तथा सर्वसाधारण जोखिमपूर्ण तवरबाट ओहोरदोहोर गरेको पाइए पछि उक्त तुईन हटाउन बिहिवार प्रशासनले निर्देशन दिएको थियो ।
यस अघि शुभेच्छा न्यूज डटकमले फोटो सहितको समाचार प्रकाशन गरेपछि यस सम्बन्धमा सरोकारवाला निकायको ध्यानाकर्षण भएको थियो । नेपाल प्रहरीको टोलीले आज तुइनमा प्रयोग हुँदै आएको बाकस झिकेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो ।

Related