• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सहकारीका सुरक्षा गार्डलाई बाँधेर ३२ लाख पैसा लुट्ने २ जना पक्राउ

  •    शुभेच्छा न्यूज  /१ जेष्ठ २०८०, सोमबार १८:३८ ,  प्रकाशीत
  • सहकारीको सुरक्षार्थ खटिएका गार्डलाइ बाँधेर पैसा लुटेको आरोपमा प्रहरीले दुई जनालाइ पक्राउ गरेको छ ।

    गत बैशाख १७ गते राती काभ्रेको पनौती नगरपालिका– ४ टौखालमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी सस्थाका गार्डलाइ बाँधेर ३२ लाख नगद लुटेको आरोपमा प्रहरीले मकवानपुरको २ जनालाइ पक्राउ गरेको हो ।

    मंगलवार प्रहरीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट उनीहरुलाइ पक्राउ गरेको हो । पैसा चोरी गरी फरार भएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकवर लामालाई विशेष सूचनाका आधारमा पक्राउ गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

    उनीहरूको साथबाट पाँच लाख ४५ हजार रुपैयाँ, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको छ । सहकारीमा सुरक्ष गार्ड भएपनि उनलाई नियन्त्रणमा लिएर रकम लुटेर लगेको सहकारीको दावी गरेको थियो ।

    सहकारी चोरी भएको खबर पाएलगतै जिल्ला प्रहरी कार्यालय काभ्रेले तालीप्राप्त कुकुरसहितको प्रहरी टोली अनुसन्धान थालेको थियो ।

    सुरक्षा गार्डलाई बाँधेर सहकारीको ३२ लाख लुटियो

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.