• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मित्र मिलनको कार्यक्षेत्र थप गर्न घुस लिएका तत्कालिन रजिष्ट्रार बिरुद्ध पक्राउ पुर्जी जारी

  •    शुभेच्छा न्यूज  /६ पुष २०८०, शुक्रबार १४:५६ ,  प्रकाशीत
  • कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदयबहादुर पराजुलीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

    मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा तत्कालिन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार उदयबहादुर पराजुलीले एक करोड पाँच लाख रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा देखिएको थियो ।

    सोही अभियोगमा उनलाई पक्राउ पुर्जी जारी भएको हो । उनी पक्राउपुर्जीपछि फरार भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालतबाट पक्राउका लागि केही दिन अघि अनुमति लिएको थियो ।

    सहकारी संघसंस्थाको दर्ता, नविकरण, प्रशिक्षण, नियमन तथा दर्ता खारेजीसम्मको अधिकारी प्राप्त यस कार्यालयका तत्कालिन रजिष्ट्रार पराजुलीले एक करोड पाँच लाख रुपैयाँ लिएर मित्र मिलन सहकारीलाई कार्यक्षेत्र तथा शाखा विस्तारका लागि अनुमति दिएको तथ्य अनुसन्धानका क्रममा पुष्टि भएको हो ।

    हाल पर्वत जिल्ला कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृतको रुपमा कार्यरत तत्कालिन सहकारी रजिष्ट्रार कार्यालयका पूर्वरजिष्ट्रार पराजुलीलाई पक्राउ गर्नका लागि जिल्ला अदालत कास्कीबाट प्रहरीले पक्राउ पुर्जी समेत लिईसकेको छ ।

    सहकारीका सञ्चालकहरुको बयानका क्रममा पूर्वरजिष्ट्रार पराजुलीले कार्यक्षेत्र विस्तारका नाममा एक करोड पाँच लाख रुपैयाँ घुस लिएको देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

    मित्रमिलन सहकारी ठगी गरेको आरोपमा थप २ जना पक्राउ

     

     

     

     

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.