लेकसाइड फुटट्रयाकका फोटोग्राफरलाई ठगी आरोपमा वडा सदस्यसहित ४ जना कारागार चलान
तपाईको प्रतिक्रिया





पोखरा महानगरपालिका वडा नम्बर ६ का एक जना वडा सदस्य सहित ४ जना ठगी मुद्दामा पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
पोखरा लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरे बापत विभिन्न किसिमबाट धम्काई ठगी गरेको जाहेरीको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेर ठगी मुद्दामा अनुसन्धान गरेको थियो ।
सरकारी वकिल कार्यालय मार्फत अनुसन्धान पछि कास्की जिल्ला अदालतमा पुस ३ गते ठगी मुद्दा दर्ता भएकोमा न्यायाधीश रामचन्द्र शर्माको इजलास उनीहरुलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएका छन् ।
पूर्पक्षका लागि थुनामा पर्नेमा पोखरा ६ लेकसाईड बैदाम बस्ने विकास पहारी, प्रवीन विश्वकर्मा, अभिषेक परियार, अभिषेक बराल र वडा सदस्य दिपेन्द्र पहारी रहेका छन् ।
उनीहरुमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धान गरी अदालतमा मुद्दा पेश हुँदा निजहरु पुर्पक्षको लागि कारागार चलान भएको प्रहरीले जानकारी दिएकोछ ।
फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको भन्ने १५ जना व्यक्तिहरुको जाहेरीको आधारमा २२ मंसिरमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।
Related